ग्लोबल आइएमई बैंकका विभिन्न स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवा बन्द


काठमाडौं – ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ्ग सेवा बन्द गरेको छ । बैंकले २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको जनाइएको हो ।

सो स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा लिन आग्रह गरेको छ। बैंककाे तुर्माखाङ गा.पा. ६, तुमर्माखड बजार, पल्वदेवाल विनायक न.पा. ३ कमलबजार अछाम, मेलौली न.पा.-७, कोंडा बजार बैतडी लगायतका स्थानका शाखा बन्द हुने भएका हुन्। साथै, बैंकले सम्बन्धित शाखाकाे अभिकर्ताकाे नाम पनि ताेकिदिएकाे छ ।