यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ र बिक्री दर १४५.५३ रुपैयाँ रहँदा यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४६ रुपैयाँ र बिक्री दर १७१.२३ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४९ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ र बिक्री दर ३५.७९ रुपैयाँ हुँदा मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ र बिक्री दर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।