काठमाडौं – रघुनन्दन मारु नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित बनेका छन् । शनिबार सम्पन्न २०औं साधारण सभाबाट मारु संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित बनेका हुन्।
यस्तै संघको उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन्। ३ वर्षे कार्यकाल रहने संघको महासचिवमा राजाराम खड्का, कोषाध्यक्षमा अरुणकुमार कर्ण समेत सर्वसम्मत बनेका छन्।
यसबाहेक तेन्जिङ लाक्देन तामाङ, आदित्य संघाई, नन्दी केशर पौडेल, विष्णु अग्रवाल, निपेश तायर, शोभाकर न्यौपाने सदस्यमा निर्वाचित बनेका छन् । यसबाहेक हवांग सी जुंग र अनिल रुंगटा समेत सर्वसम्मरुपमा सदस्यमा निर्वाचित हुँदा राजन कुमार झा आमन्त्रित सदस्यमा निर्वाचित बनेका छन् ।
यसैगरी, पुरुषोत्तम लाल संघई, साहिल अग्रवाल र पशुपति मुरारका सल्लाहकार मनोनयन भएका छन्।



About Us
प्रतिक्रिया