नेपाल फाइनान्सको नाफामा गिरावट, कुन सूचक कस्ता ?

नेपाल फाइनान्सको नाफामा गिरावट, कुन सूचक कस्ता ?


काठमाडौं– नेपाल फाइनान्स लिमिटेडको गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा १० प्रतिशत घटेको छ । १० प्रतिशतले घटेर कम्पनीले १ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष फाइनान्सले २ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेको छ । १९ प्रतिशतले ब्याज आम्दानी बढाएको फाइनान्सले ११ करोड ७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्सले ९ करोड २४ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सको वितरणयोग्य नाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ छ भने जगेडा कोष ४३ करोड १० लाख रुपैयाँ सञ्चित गरेको छ । गत वर्ष फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।