काठमाडौं – एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिङ्ग १३औं वर्षमा लागेको छ । कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।
एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुला रुपी म्युचुअल फण्ड लन्च गरेको थियो । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, ‘कम्पनी १२ वर्षको हुनुमा सबैभन्दा ठूलो योगदान सेवाग्राहीको छ । साथमा अथक मिहिनेतर लगावका साथ काम गर्ने कर्मचारीको समेत ठूलो मिहिनेत छ।’
हाल एनआईएमबी एस क्यापिटलले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन गर्दै आइरहेको छ । यस्तै लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल छ ।
साथै हालसम्म ४१ लाख रुपैयाँभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्न सफल भएको कम्पनीको दाबी छ । साथै ५ लाखभन्दा बढी डिम्याट खाताहरु व्यवस्थापन गर्नुका साथै २०० भन्दा बढी आइपिओ/एफपिओ जारी गरेको बताइएको छ ।
एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ । यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड – एनआईबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्दछ ।
हालसम्म एनआईबिएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ । एनआईएमबी एस क्यापिटलले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताको लागि विभिन्न विकल्पहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया