नेशनल लाइफमा रोजगारीको अवसर


काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्वान गर्दे विभिन्न पदका लागि कर्मचारी मागेको हो।

कम्पनीले चिफ प्रोभिन्सियल म्यानेजर, असिस्टेन्ट चिफ प्रोभिन्सियल म्यानेजर (प्रोभिन्स हेड)का लागि केही, मार्केटिङ म्यानेजर, डेपुटी मार्केटिङ म्यानेजर, असिस्टेन्ट म्यानेजर ब्रान्च म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसरका कर्मचारी मागेकाे छ।

कम्पनीले प्रदेश, उपत्यका बाहिर तथा भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।