काठमाडौं – नेपाल क्रिकेट एसोसिएसन (क्यान) नेपाल क्रिकेटको व्यवसायीक प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेलकुदलाई व्यवसायीक बनाउनुपर्ने जोडसहित क्यानले ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) सञ्चालन गर्दै प्रतियोगिता सञ्चालनको तयारी गरेको हो ।
क्यानले जारी गरेको एक सूचनाअनुसार ‘फ्रेन्चाइजी’ लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोली खरिद गर्न सूचना नै जारी गरेको छ । फ्रेन्चाईजी टिमको स्वामित्व निजी क्षेत्रसँग रहने अन्तर्राष्ट्रिय प्रचलनबमोजिम क्यानले यस्तो गर्न लागेको हो ।
‘रिक्वेस्ट फर प्रपोजल’ (आरएफपी)अनुसार यो प्रतियिोगिताले खेलाडी र व्यवसायीक क्षेत्रले अवसरकोरुपमा प्रयोग गर्न सक्छन् । लिग प्रतियोगिताका लागि चाहिने टोली किन्न बिड गर्नका लागि कम्तिमा १ लाख रुपैयाँ ‘नन रिफन्डेबल फन्ड’ राख्नुपर्ने बताइएको छ ।
यस्तै कम्पनी भ्याटमा अनिवार्य दर्ता भएको हुनुपर्ने तथा विदेशीको हकमा नेपालको व्यवसायीक साझेदारसँग मिलेर ‘ज्वइन्ट भेञ्चर’मा बिड गर्न सक्ने बताइएको छ । यो प्रतियोगिताले नेपालको क्रिकेट खेल व्यवसायीक बन्ने र आर्थिक गतिविधि चलायमान बन्ने क्यानले जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया