काठमाडौं – बीमाको पहुँच – कति जनाले सुनेका छन् भन्दा पनि कति जनससंख्या बीमाको पहुँचमा छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । सामान्य हिसाबमा भन्नुपर्दा जनसंख्याको कति प्रतिशत हिस्सा सर्वसाधारण बीमाको पहुँचमा आबद्ध छन् भन्ने विषयले देशको वित्तीय साक्षरताको स्थीति समेत झल्काउँछ।
बीमा कसैको लहड र बाध्यतामा परेरभन्दा पनि रहरले वा यसबारे पर्याप्त जानकारी लिएपछि स्वास्थ्यलाई आर्थिकरुपमा सुरक्षित गर्नका लागि गर्ने गरिन्छ । सरकारले बीमाको दायरा ठूलो जनसंख्यामा पुर्याउने लक्ष्य राखेपनि सो लक्ष्य भेट्न सकेको छैन । सरकारको पछिल्लो तथ्यांकअनुसार ४३.५६ प्रतिशत जनसंख्यामा बीमाको दायरा पुगेको छ ।
यो गतिको विस्तार पनि वैदेशिक रोजगारीमा जानेहरुका लागि बीमा अनिवार्य गरेपछिको हो । यद्यपी, अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बीमाको दायरा ०.१८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा बीमाको दायरा ४३.६४ प्रतिशत जनसंख्यामा पुगेको थियो । बीमा क्षेत्रको नियामकीय निकायसहितको अभिभावकीय भूमिकामा रहेको बीमा प्राधिकरणको तथ्याङ्कअनुसार अझैपनि आधाभन्दा बढी जनसंख्या बीमाको दायरामा छैनन् । अर्थात् आधा भन्दा बढी जनसङ्ख्याले बीमा गरेका छैनन् । तीमध्ये कतिपय जनसंख्याले बीमाबारे सुन्न पनि सुनेका छैनन होला । नेपालमा बीमा कम्पनीले बीमा गरेपछि भइपरी आउने घटनामा दाबी भुक्तानी नदिने गरेको जनगुणासो छ । यसकारण पनि नेपालमा सर्वसाधारणले बीमालाई मनदेखि पूर्णरुपमा विश्वास गर्न नसक्ने स्थिती छ।
यसै विषयमा बैकिङ्ग समाचारले साप्ताहिक रुपमा बीमाप्रतिाको सर्वसाधरणको धाराणा लिदैँ आएको छ। प्रस्तुत छ आजको श्रृङ्खलाः
उच्च शिक्षा अध्ययन गरिरहेकी अनिषा बोगटीका अनुसार जीवनमा बीमा एकदमै महत्वपूर्ण छ । हाम्रो परिवारको सबैले बीमा गर्नुभएको छ । मैले उहाँहरु बाट नै बीमाको नाम सुनेको हो । तर नेपालको पाठ्यक्रम बीमाको आवश्यक्ता र महत्वबारे पढाई नहुने गरेकोप्रति उनले असन्तुष्टी पोखिन् । पुस्तकहरुमा बीमाको विषयलाई स्पष्टरुपमा खुलाउन आवश्यक छ ।‘बीमाको विषयमा परिवारमा कुरा हुने भएकाले पनि बीमाबारे जिज्ञासा आउँथ्यो,’ बोगटीले भनिन्, ‘तर बीमाको विषयमा थप धेरै केही थाहा छैन् ।’
यता शिक्षिका बुनु थापाले आफूले पनि विभिन्न बीमा गरेको र सबैले बीमा गर्न आवश्यक रहेको बताउँछिन् । उनी भन्छिन्, ‘हरेक ठाउँमा जोखिम छ आफ्नो सुरक्षाको लागि पनि बीमा गर्नुपर्छ ।’ उनका अनुसार सबैले बीमाको विषयमा थाहा पाउनुपर्ने र विषेश त विद्यार्थीहरूलाई पनि बीमा बुझाउन आवश्यक छ । बीमाको पहुँच वृद्धि नहुनुमा बीमा कम्पनीहरूको नै गल्ती रहेको भन्दै उनी भन्छिन्, ‘बीमा कम्पनीहरूले जनचेतनामा राम्रो भूमिका खेल्न सकेको छैनन् । बीमाले हाम्रो पैसा खाइदिन्छ, बीमा कम्पनीले दाबी दिदैन् भन्ने जस्तो कुराले नै बीमा क्षेत्रमा आकर्षक नबढेको हो ।’ समाजमा, विद्यालयमा बीमा कम्पनीहरू नै गएर बीमाको सानो–सानो कुराहरू बुझाउन सकियो भने बीमा क्षेत्रमा सकारात्मक तरिकाले सहभागिता बढ्ने उनको बुझाई छ ।
यस्तै, सिलाइबुनाइ सिकिरहेकी कृष्ण माया लामा जीवनमा आकस्मात आइपर्ने स्वास्थ्य जोखिमका घटनालाई न्यूनीकरण गर्न पनि बीमा आवश्यक रहेको बताउँछिन् । र, आफूले पनि यही जोखिमबाट पर्न सक्ने आर्थिक भारतलाई न्यूनीकरण गर्ने लक्ष्यसहित उनी बताउँछिन् । बीमालाई बचतको रुपमा लिने गरेको बनाउँदैं उनले भनिन्, ‘बीमा बचत हो । यसबाट थोरै–थोरै बचत गर्न सकिन्छ र एकमुष्ट फिर्ता आउछँ ।’ साथै, आवश्यक परेमा आर्थिक सुरक्षा हुने भएकाले पनि हरेक व्यक्तिले बीमा गर्न आवश्यक रहेको उनको धारणा छ ।
विद्यार्थी प्रवेश पाठक समेत बीमाका विषयमा सबैले थाहा नपाउनुको कारण जनचेतनाको अभाव भएको बताउँछन् । उनको अनुसार अहिलेका युवाहरूलाई बीमा केही हदसम्म थाहा भए पनि पढ्न नजान्नेहरूको लागि कम्पनीको बीमालेख बारे नै स्पष्ट जानकारी नहुँदा यसको पहुँच विस्तारमा समस्या पर्छ ।
यो पनि,
प्रतिक्रिया