दुर्घटनामा परेका सौर्य एयरका पाइलट शाक्य डिस्चार्ज हुँदै


काठमाडौं –  सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरिएकाे छ। ८ दिनको उपचारपछि पाइलट शाक्यकाे स्वास्थ्य सामान्य हुँदै गएपछि डिस्चार्ज गर्ने तयारी गरिएको हो। 

अस्पतालका अनुसार डिस्चार्ज भए पनि शाक्यको उपचार जारी रहन्छ । जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देब्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो।

९ साउनमा काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे लगत्तै दुर्घटनामा परेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो।