काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया