नेशनल लाइफको संस्थापक शेयर विक्रीमा



काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीका संस्थापक शेयरधनी दिवश विक्रम शाहले आफ्नो स्वामित्वमा रहेको शेयर विक्री गर्न इच्छा राखी कम्पनीमा निवेदन दिएअनुसार कम्पनीले शाहको नाममा रहेको शेयर विक्रीमा राखेको हो ।

सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्री गरिने शेयरको मूल्य नियमानुसार हुने प्रचलित मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ ।

कम्पनीले तोकेको उक्त समयावधि भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा सो शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री गरिने कम्पनीको भनाई छ ।