काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४२६ रुपैयाँ रहेको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ र बिक्री दर १४५.४८ रुपैयाँ रहँदा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७० रुपैयाँ र बिक्री दर १७२.४७ रुपैयाँ रहेको छ ।
आज साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.०९ रुपैयाँ छ भने बिक्री दर २९.२२ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३४ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ।




About Us
प्रतिक्रिया