काठमाडौं – लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले लाभांश घोषणा गरेका छन्। कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्।
यी योजनाको प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ।लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार दुवै योजनाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण सकिएको छ ।
योजना व्यवस्थापकको साउन १४ मा बसेको सञ्चालक समिति बैठकले गत आवका लागि लक्ष्मी उन्नति कोषका इकाइ धनीलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड २ का इकाई धनीलाई ४.५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । दुवै दर करसहित हुन् ।



About Us
प्रतिक्रिया