काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी तोलामा १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । आज तोलामा १८ सयले बढेको सुनको मूल्य आइतबार १ हजार रुपैयाँले, सोमबार ४ सय रुपैयाँले बढेको थियो भने मंगलबार एक सय रुपैयाँले घटेको थियो ।
प्रतिक्रिया