आशुतोषको अनुभव र साहसको प्रतिक ‘कफी धारा’

आशुतोषको अनुभव र साहसको प्रतिक ‘कफी धारा’


काठमाडाैं – ‘घुमफिर जिन्दगीले अनुभव दिन्छ र अनुभवले केही गर्ने साहस’ विगत पाँच, छ वर्षदेखि व्यवसायमा जोडिएका आशुतोष सापकोटाको अनुभवले यस्तै भन्छ। आशुतोषले व्यवसाय सुरु गरेको पाँच, छ वर्ष भएको छ। उनले आफ्नो स्नातक सकाउने क्रममा करिब २०/२१ वटा देश घुम्ने अवसर पाए। आशुतोषले घुमफिर गर्ने क्रममा अन्य देशको परिवेशलाई नजिकबाट नियालेका छन् । यसै क्रममा उनले विभिन्न देशमा कफीको बजारको सम्भावना र ग्राहकको आकर्षणले केही अनुभव पनि बटुले । अन्य देशमा कफीको लागि देखेको आकर्षणले उनले नेपालमा पनि केही गर्न सकिन्छ भन्ने अनुभव हाँसिल गरे। त्यही अनुभवहरूको सँगालो हो, आशुतोषको ‘कफी धारा’।

‘कफी धारा’ कफीको ओरिजिनल कफी मन पर्नेहरूको लागि खास हुने आशुतोषको भनाइ छ। ‘कफी धारामा’ कफी खान मात्र हाेइन कफी बनाउन चाहने युवाहरूलाई सिकाइने पनि गरिन्छ।

‘कफी धारा’ कफीको ओरिजिनल कफी मन पर्नेहरूको लागि खास हुने आशुतोषको भनाइ छ। ‘कफी धारामा’ कफी खान मात्र हाेइन कफी बनाउन चाहने युवाहरूलाई सिकाइने पनि गरिन्छ। ‘कफी धारामा’ कफी बनाउन सिकाउनेसँगै क्याफेको रूपमा सञ्चालन भइरहेको छ। आशुतोष भन्छन्,‘हामीले धेरै युवालाई सीप पनि सिकाएका छौँ। कफी पछिल्लो समय धेरै जनाको रुचिको विषय भएको कारण पनि कफी खान र बनाउन सिक्न चाहनेको लर्को पनि लामो छ।’ उनले भने

कफी धारा नाम राख्नुमा उनको चासो लाग्दो कुरा छ। ‘विदेशी भ्रमणमा गइरहँदा कफी बजारमा देखेको सम्भावना र देखेको आकर्षणको कारण मलाई नेपालमा पनि कफी मार्केटलाई बृहत् बनाउन मन लाग्यो र काठमाडौंमा पनि कफीको धारा बगाउनु पर्छ कफीको मार्केट बढाउनु पर्छ भन्ने उद्देश्यले नाम कफी धारा राखेको हो।’ साथै, यहाँ विद्यार्थीहरू, जागिर गरिरहेकाहरूका लागि सुहाउँदो मूल्यमा सबै कफी उपलब्ध गराइएको छ। यहाँको विशेषता भनेको नै कम मूल्यमा सबै प्रकारका कफी पाउनु रहेको सञ्चालक सापकोटाको भनाइ छ ।

पछिल्लो समय धेरै युवाहरू पढ्न, सीप सिक्न वा रोजगारीको लागि विदेश जाने गरेका छन्। सबैको सपना विदेशमा सेटल हुने छ भन्दा पनि फरक नपर्ला। त, धेरै देश घुमिसकेका सापकोटा भने विदेशमा सेटल हुन् कठिन रहेको बताउँछन् । सापकोटा भन्छन् ‘नेपालमा हाम्रो घर छ, खेत छ साथीभाइ छन्, परिवार छन् नेपालमा बस्न सहज छ।’

नेपालमा केही गर्न सकिँदैन भन्ने सोच भएका युवाहरूले आफू आत्मनिर्भर हुन सुरुवातमा नेपाल नै छोड्दिन भन्ने सोच राख्न आवश्यक छ। धेरै युवाहरू नेपालमा केही छैन भनेर विदेशतिर आकर्षित भएको देख्दा नराम्रो लाग्ने गरेकाे सापकोटा बताउँछन्। युवाहरूमा धैर्यता र आत्मविश्वास हुनुपर्ने उनको भनाइ छ।