काठमाडौं – भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका छन् । विशेष अदालतमा मुद्दा दायर भएको २१ वर्षपछि र विशेषबाट फैसला आएको १२ वर्षपछि पूर्वमन्त्री जोशीको मुद्दा सर्वोच्चले छिनोफानो गरेको हो । विशेषले तोकेको कैद सजाय र जरिवाना भने सर्वोच्च अदालतले घटाइदिएको छ ।
अदालतले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाएको हो । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको छ। जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसेको अदालतले बताएको छ ।
२०४८ सालदेखि २०५९ सालसम्म विभिन्न सरकारी सार्वजनिक पदमा रहँदा जोशीले स्रोत नखुलेको २ करोढ १६ लाख बराबरको सम्पत्ति जोडेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो ।






About Us
प्रतिक्रिया