काठमाडौं – गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्ममा न्यादी हाइड्रोले घाटा व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १६ करोड ६६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।
यो अघिल्लो आवकाे तुलनामा ४ करोड २७ लाख रुपैयाँ कम हो। अघिल्लो आवमा कम्पनीकाे नाेक्सानी २० करोड ९३ लाख रुपैयाँ थियो। कम्पनीले विद्युत् बिक्रीबाट ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५९ करोड १६ लाख ४४ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो। त्यस्तै, अन्य स्रोताट हुने आम्दानी ७८ हजार रुपैयाँ छ।
चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक छ। प्रति शेयर नेटवर्थ ६६.०२ रुपैयाँ छ।



About Us
प्रतिक्रिया