काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा १४५० प्रतिशतले बढेको छ। कम्पनीले समिक्षा अवधिमा २ करोड ५९ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको नाफा जम्मा १६ लाख रुपैयाँ थियो। अघिल्लो आवको तुलनामा यो १४५० प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीले खुद ब्याजबापत ८ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा खुद ब्याज आम्दानी ५ करोड ६० लाख रुपैयाँ थियो। अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ४८ प्रतिशत बढेको हो।
त्यसैगरी गत आवको असार मसान्तसम्म कम्पनीको कुल सञ्चालन आम्दानी ११ करोड ५६ लाख रुपैयाँ र सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ पुगेको छ।
लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेर २५.६१ रुपैयाँ कायम छ भने प्रतिशेयर नेटवर्थ १४६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ छ। त्यस्तै, गत आवको चौथो त्रैमाससम्म कम्पनीको खराब कर्जा ६.३६ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा सीमित भएको छ।



About Us
प्रतिक्रिया