एक सातामा प्रतिताेला १५ सयले घट्यो सुनकाे मूल्य


काठमाडाैं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको थियो। यो साता ६ दिन कारोबार हुँदा सोमबार, मंगलबार, बुधबार क्रमशः मूल्य बढ्यो भने बिहीबार र शुक्रबार घटेको थियो। यो साता कारोबारको पहिलो दिनदेखि अन्तिम दिनसम्म आइपुग्दा सुनको मूल्यमा १५ सयको गिरावट देखियो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। साताको अन्तिम कारोबारको दिन शुक्रबार सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य एक हजार तीन सय रूपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आइताबार प्रतितोला १ हजार तीन सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार बढेको चार सय रूपैयाँ बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार सुनको मूल्य बढ्दै पुनः नयाँ रेकर्ड कायम गरेको थियो। त्ययसदिन छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको थियो। त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार, मंगलबार, बुधबार लगातार तीन दिनसम्म बढेको सुनको मूल्य बिहीबार भने तोलामा २४ सय रुपैयाँले घटेको थियो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार घटेको सुनको मूल्य शुक्रबार पनि घट्यो । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।