आजको  विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं –  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६३ रुपैयाँ रहेको छ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३० रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।