नक्कली प्रहरी बनेर पैसा मागेको आरोपमा एक जना पक्राउ


काठमाडौं – नक्कली प्रहरी बन्दै धम्की दिएर पैसा माग गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्री रहेका छन्। कास्की प्रहरीले आइतबार पोखराकै लामाचौरबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।