एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा


काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चोलराज शर्मालाई नियुक्त गरेको छ ।

साउन ६ गते आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले यसअघि एशिया बैंक लिमिटेडको तर्फबाट कार्यरत रहेका सीईओ लक्ष्मण चालिसेलाई फिर्ता गरेर उनको स्थानमा शर्मालाई साउन ७ गतेबाट लागू हुने गरि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।