नेपाल एयरलाइन्सले ४३ करोड रुपैयाँ ऋण किस्ता भुक्तानी गर्याे


काठमाडौं – नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ किस्ता भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबढी र दुई वाइडबडी जहाजको ऋण किस्ता भुक्तानी गरेको हो । 

निगमले २०८१ आषाढसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता भुक्तानी गरेको छ। प्रवक्ता रमेश पौडेलकाअनुसार ‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई  सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ।’