मोबाइल बैंकिङ्ग : साढे १५ प्रतिशतले प्रयोगकर्ता बढ्दा, कारोबारमा ५२.४२ प्रतिशतकाे वृद्धि

मोबाइल बैंकिङ्ग : साढे १५ प्रतिशतले प्रयोगकर्ता बढ्दा, कारोबारमा ५२.४२ प्रतिशतकाे वृद्धि


काठमाडौं – पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १५ प्रतिशत बढीले बढेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ४३ लाख ६३ हजार ७७६ पुगेको छ। अघिल्लो वर्ष जेठसम्म यो संख्या २ करोड १० लाख ९१ हजार ५६ थियो। यसरी हेर्दा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १ वर्षको अवधिमा १५.५१ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको जेठसम्म मोबाइल बैंकिङ्गबाट ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङ्गबाट २ खर्ब ३० अर्ब ४७ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो। मोबाइल बैंकिङ्गबाट हुने कारोबार पनि ५२.४२ प्रतिशतले बढेको छ।

इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या भने ६.२८ प्रतिशतले बढेर यो वर्षको जेठसम्म १९ लाख ४५ हजार ७३६ मा पुगेको छ। अघिल्लो वर्ष जेठसम्म इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या १७ लाख ३० हजार ४२५ थियो। चालु आवको डिजिटल वालेट प्रयाेगकर्ताकाे संख्या २ कराेड ३० लाख ३८ हजार २ सय ४० रहेकाे छ। २०८० काे जेठमा १ कराेड ८६ लाख ४१ हजार ४ सय ५३ जना रहेका थिए।