काठमाडाैं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको थियो । यो साता ६ दिन कारोबार हुँदा सोमबार र मंगलबार क्रमशः मूल्य घट्यो भने बुधबार स्थिर रहेको बजार बिहीबार बढ्दै शुक्रबार ऐतिहासिक बिन्दुमा पुग्यो । यो साता काराेबारकाे पहिलाे दिनदेखि अन्तिम दिनसम्म आइपुग्दा सुनको मूल्यमा ७ सयको वृद्धि देखियो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। साताको अन्तिम कारोबारको दिन शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भयाे ।
सुनको मूल्य ऐतिहासिक बिन्दुमा
साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भयो। आइतबार यसअघि गत जेठ २५ गते हालसम्मकै उच्च मूल्यमा रहेको सुनको मूल्यको रेकर्ड तोडिएको थियो। त्यसदिन सुनको मूल्य एक हजारले बढ्दै प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा ४ सयको गिरावट
साताको पहिलो कारोबारको दिन आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा सोमबार ४ सय रुपैयाँको गिरावट आएको थियो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
दोस्रो दिन पनि सुनको मूल्यमा गिरावट
साताको पहिलो दिन ऐतिहासिक बिन्दुमा रहेको सुनको मूल्यमा सोमबार र मंगलबार क्रमशः गिरावट देखियो । सोमबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार ९ सय रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य स्थिर
साताको पहिलो कारोबारको दिन आइतबार बढेको सुनको मूल्य सोमबार, मंगलबार क्रमशः घट्यो भने बुधबार स्थिर रह्यो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
प्रतितोला आठ सयले बढ्यो
बुधबार स्थिर रहेको सुनको बिहीबार ८ सयले बढ्यो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार १८ सयले बढ्दै पुनः नयाँ रेकर्ड कायम
साताको पहिलो कारोबारको दिन ऐतिहासिक उच्च बिन्दुमा पुगेको सुनको मूल्यले साताको अन्तिम दिन पुनः नयाँ रेकर्ड कायम राख्यो । शुक्रबार तोलामा १८ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो। यसअघि गत असार २३ गते आइतबार सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार तीन सय रूपैयाँ बढी हो। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया