साताको सुन कारोबार : सुनको मूल्य बढ्ने क्रम जारी, १९ सयले बढ्यो

साताको सुन कारोबार : सुनको मूल्य बढ्ने क्रम जारी, १९ सयले बढ्यो


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको थियो । आइतबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको थियो। आइतबार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी साताको दोस्रो दिन सोमबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार र बुधबार दुवै दिन स्थिर रह्यो । मंगलबार र बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

फेरि बिहीबार भने सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य एक हजार नौ सय रुपैयाँले बढ्यो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भएको थियो । यो साताको अन्तिम दिनसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको छ ।