काठमाडौं – साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया