जेठ महिनामा सुन बजार कस्तो रह्यो ?

जेठ महिनामा सुन बजार कस्तो रह्यो ?


काठमाडौं – जेठ १ गते मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो । जेठ महिनाको अन्तिम दिन ३२ गते शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भयो । यसरी हेर्दा जेठ महिनामा छापावाल सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ। त्यस्तै, तेजाबी सुनको मूल्य ३ हजार ७५० रुपैयाँले बढेको देखिन्छ।

जेठ महिनामा सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको भन्सार मूल्य बढाएपछि व्यवसायीहरु सरकारसँग रुष्ट बनेका थिए । बजेटले सुनमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको थियो। सरकारले आर्थिक ऐन २०८१ मार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरेको र सुनको कोटा प्रणालीविरुद्ध उनीहरु आन्दोलनमा उत्रिएका थिए।

कुन साता कस्तो रह्यो सुनको मूल्य ?

पहिलो साता
जेठ महिनाको १ गते मंगलबार परेको थियो । त्यसदिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले घट्यो। जेठ महिनाको सुरुको दिन मंगलबार घटेर सुरु भएको सुनको मूल्य शुक्रबार जेठ पाँच गतेपनि घट्यो । साताको पहिलो दिन मंगबालर छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन अर्थात् शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भयो । बुधबार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य बिहीबार १६ सय रुपैयाँले बढेको थियो।

दोस्रो साता
त्यस्तै, दोस्रो साताको पहिलो दिन आइतबार एक हजार छ सय रूपैयाँले बढ्दै सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो। त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको थियो। त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो। दोस्रो साताको सोमबार नौ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड राखेको थियो। त्यसपछि सुनको मूल्यमा निरन्तर गिरावट आएको थियो । क्रमशः मंगलबार १२ सय रुपैयाँ, बुधबार एक सय रुपैयाँ, बिहीबार १८ सय रुपैयाँले घटेको थियो।

तेस्राे साता

तेस्राे साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियाे। त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएकाे थियाे। पहिलाे दिन स्थिर रहेको सुनकाे मूल्य साेमबार तीन सय रूपैयाँले, मंगलबार चार सय रूपैयाँले, बुधबार ६ सय रूपैयाँले, बिहीबार २३ सय रूपैयाँले, शुक्रबार १ हजार रूपैयाँले बढेकेा थियाे। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएकाे थियाे।

चौथो साता

चौथो साताको पहिलो कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको थियो । त्यसदिन, छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य सोमबार एक हजार रूपैयाँ घटेको थियो । त्यस्तै, मंगलबार एक हजार सात सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार पाँच सय रुपैयाँले घटेको थियो । बिहीबार सुनको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो। शुक्रबार सुनकाे मूल्य प्रतिताेला १ हजार रूपैयाँले बढेकाे थियाे । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएकाे थियाे।

पाँचाै साता

महिनाको अन्तिम साता जेठ २७ गते आइतबार नेपाली बजारमा सुनको मूल्य ताेलामा चार हजार रूपैयाँ मूल्य घटेको थियाे। त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। पहिलो दिन आइतबार घटेको सुनको मूल्य साताको अन्तिम कारोबारको दिन शुक्रबार अर्थात् महिनाको अन्तिम दिन पनि घटेको थियो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। अन्तिम साताको सोमबार र मंगलबार सुनको मूल्य स्थिर रह्यो। वुधबार भने सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भयो। बिहीबार स्थीर रहेको सुनको मूल्य शुक्रबार चार सय रुपैयाँले घट्यो।