नागरिक बचतपत्रको म्याद थपियो, असार १४ गतेसम्म आवेदन दिन सकिने


काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले नागरिक बचतपत्रको म्याद थप गरेकाे छ। सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण ‘नागरिक बचतपत्र’ मा माग अनुसार आवेदन नपरेपछि म्याद थप गरिएकाे हाे। कार्यलयले ३० वैशाखदेखि ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशनमा ल्याएको थियो।

उक्त ऋणपत्रमा ३० जेठसम्म आवेदन दिने म्याद भएपनि माग अनुसार आवेदन नपरेपछि आवेदन दिने म्याद १४ असारसम्म थप भएको हो। ५ वर्ष अवधिको उक्त बचतपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ।