नेपाल लाइफको साधारणसभा असार १८ गते


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ औं र २४ औं वार्षिक साधारणसभा असार १८ गते गर्ने भएको छ। कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले असार १८ गते साधारणसभा बस्ने निर्णय गरेकाे हाे। साधारणसभा वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि सुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष (आव) को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गर्नेछ। यसका आधारमा असार ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।