काठमाडाैं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन भएको छ। शेयर संरचना स्वामित्व भएसँगै अब कम्पनीमा संस्थापक समूह र सर्वसाधारण समूहकाे शेयर स्वामित्वमा हेरफेर भएकाे छ। यससँगै संस्थापक शेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ।
कम्पनीमा संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर संख्या ७१ लाख ९६ हजार ५०५ कित्ता रहेको छ। त्यसैगरी, सर्वसाधारण शेयरधनीको स्वामित्वमा ६७ लाख ८१ हजार १३६ कित्ता शेयर रहेको छ।



About Us
प्रतिक्रिया