काठमाडौं – भिजन ईनर्जि एण्ड पावर लिमिटेडको जेठ ३२ गते भर्चुअल माध्यमबाट हुने भनिएकाे साधारणसभा स्थगित भएको छ। कम्पनीले जेठ २९ गते एक सूचना जारी गर्दै विशेष कारणबश सभा स्थगित गरिएको जानकारी दिएको छ।
कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले अर्को निर्णय नगरेसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो। कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित सभा बोलाएको थियो ।
प्रतिक्रिया