आइपीओ निष्कासन गर्दै युनाइटेड मेवा खोला हाइड्रोपावर


काठमाडौं – युनाइटेड मेवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि आगामी असार ६ गते बिहीबार प्रथम साधारण सभा बोलाएको छ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ। सभामा सञ्चालक समितिको बैठकबाट अनुमोदित लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९।०८० को लेखापरिक्षण प्रतिवेदन, वासलात लगायतका वित्तीय विवरणमा छलफल तथा निर्णय हुनेछ।