घट्दै कर्जा प्रवाह, कुन सूचक कस्तो ?

घट्दै कर्जा प्रवाह, कुन सूचक कस्तो ?


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा केही गिरावट भएको देखाएको छ। केन्द्रीय बैंकको तथ्यांकले जेठ १५ गते बैंक तथा वित्तीय संस्थाहरूबाट ६२ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको देखाएको हो । जेठ १४ गते भने वित्तीय संस्थाहरुबाट कुल निक्षेप ६२ खर्ब ८ अर्ब संकलन गरेको देखाउँछ । यस तथ्यांकलाई हेर्दा एक दिनमा २ अर्बले निक्षेप संकलन घटेको देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंगलबार वाणिज्य बैंकहरुबाट ५४ खर्ब ९० अर्ब निक्षेप संलकन भएको छ । तर अघिल्लो दिन सोमबार भने वाणिज्य बैंकहरुले ५४ खर्ब ९० अर्ब निक्षेप संकलन गरेका थिए ।

त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो चरण कर्जा प्रवाहमा १ अर्बले गिरावट आएको देखाएको छ । गत सोमबार ५१ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेकोमा मंगलबार भने ५१ खर्ब २० अर्ब कर्जा लगानी गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ । साथै सो समयमा वाणिज्य बैंकबाट प्रवाह हुने कर्जा प्रवाहमा पनि गिरावट आएको छ । गत मंगलबारसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ८०.२८ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ । त्यस्तै केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर तल २.९६ प्रतिशत कायम भएको छ । अघिल्लो दिन पनि अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत नै कायम भएको थियो ।