गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब बढी बजेट 


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब बढी बजेट विनियोजन गरेको बताएको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले मन्त्रालयको लागि १ खर्ब ९९ अर्ब २४ करोड विनियोजन गरेको बताए छन् ।