‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को १०० प्रतिशत लाभांश घोषणा

‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को १०० प्रतिशत लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

‘ग्लोबल आइएमई समुन्नत योजना–१’ ले आम लगानीकर्ताको अपेक्षाभन्दा धेरै दिमाग नै हल्लिनेगरी लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको असोज २४ गते आइतबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७७/७८ बाट इकाईधनीलाई शतप्रतिशत अर्थात १०० प्रतिशतका दरले बम्पर प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

एक अर्बको आकारमा सञ्चालित फण्डले गत आवबाट १ अर्ब रुपैयाँ नै नगद लाभांश वितरण गर्ने भएको हो । नगद लाभांश वितरणका लागि इकाईधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) मिति भने पछि निर्धारण हुने क्यापिटलले जनाएको छ ।

यसअघिका सामुहिक लगानी कोषका इकाईधनी ५० प्रतिशतसम्म नगद लाभांश वितरण गरेका थिए ।

‘ग्लोबल आइएमई समुन्नत योजना–१’ योजना ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामुहिक लगानी कोष योजना हो । 

\"\"