एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन खुल्यो, कार्तिक १४ गतेसम्म भरिसक्नुपर्ने

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन खुल्यो, कार्तिक १४ गतेसम्म भरिसक्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले सोमबारदेखि चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

बैंकले निष्काशन गरेको यो हकप्रदमा भदौ ३१ गते बिहीबारसम्म नेप्सेमा शेयर खरीद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि बैंकले असोज १ गते एक दिन बुकक्लोज गरेको थियो ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ३३ लाख ३६ हजार ३६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकको हकप्रदमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिन्छ । हकप्रदमा मेरो शेयर सफ्टवेयरको मोबाइएल एप, वेवसाइट तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मार्फत पनि हकप्रदमा आवेदन दिन सकिनेछ ।

गत असार १४ गते सम्पन्न चौधांै वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
बैंकले सो हकप्रद पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साउन ३१ गते आइतबार बिक्रीका लागि अनुमति पाएको थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको हकप्रदलाई ‘इक्रा एनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।