बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडको २०७८ साल आश्विन महिना २० गते बसेको संचालक समितिको ४१२ आंै बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ ।
बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको छ ।
प्रतिक्रिया