राष्ट्रिय वाणिज्य बैंकद्धारा एकैपटक सात शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकद्धारा एकैपटक सात शाखा विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

राष्ट्रिय वाणिज्य बैंकले एकै पटक थप सातवटा शाखा विस्तार गरेको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २५४ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले बाग्मती प्रदेश अन्तर्गत काठमाडौं जिल्लाको चन्द्रागिरिस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा एकै पटक बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।

यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गर्नुुभयो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

\"\"