काठमाडौं– विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले सोही कार्यक्रम अन्तर्गत रही विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरु र त्यहाँबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको हो ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
प्रतिक्रिया