काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रजिस्ट्रार र रेक्टर पदपूर्तिका लागि आवेदन माग गरेको छ । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले सूचना जारी गर्दै रजिस्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात दिनभित्र बायोडाटा बुझाउन अनुरोध गरेका हुन् ।
उपकुलपतिले जारी गरेको सूचनाअनुसार इच्छुक प्राध्यापकहरूले मर देखी सात दिनभित्र उपकुलपतिको इमेल ठेगानामा आफ्नो बायोडाटा बुझाउनुपर्नेछ । यी दुई पदमा उपकुलपतिले सिफारिस गरेको व्यक्तिलाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था छ।
प्रतिक्रिया