नेपाल फाइनान्सको १ लाख बढी कित्ता सेयर बिक्रीमा

नेपाल फाइनान्सको १ लाख बढी कित्ता सेयर बिक्रीमा


काठमाडौं– नेपाल फाइनान्स कम्पनीले आफ्नो १ लाख बढी कत्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ४० हजार ९६३ कित्ता सेयर बिक्रीमा राखेको हो।

विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्र खुलाएको यो सेयरको आवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा सेयर रजिस्ट्रार प्रभु क्यापिटलको कार्यालयमा दिन सकिने कम्पनीले जनाएको छ।

इच्छुक संस्थापक सेयरधनीहरु ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।