काठमाडौं– सोमबार नेप्से परिसूचकमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ को को विन्दुमा पुगी बन्द भएको छ ।
आज ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब ८८ करोड, ५६ लाख ३७ हजार रुपैयाँ पुगेको छ । आज १४८ कम्पनी नाफामा देखिँदा ८५ कम्पनी घाटामा गएका छन् । १० कम्पनीको कारोबार स्थिर छ ।
आज लगानीकर्ता गोर्खास फाइनान्स र शिवम सिमेन्टको शेयरमा झुम्मिएका छन् । गोर्खासको २३ करोड १४ लाख रुपैयाँ र शिवमकाे २० करोड ३० लाख रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया