क्रेष्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न, आईपीओ निष्काशनको प्रस्ताव पारित


काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शुभ होटल चाइना पुल विरेन्द्रनगरमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात् आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ । साथै, आईपीओ निष्काशन तथा सोसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षकमा केएएस ओसोसिएटको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित गरेको छ। सभाले संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने, सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले वार्षिक प्रतिवेदन सहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।