काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७५ हजार ३०५ किता शेयरसंस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समुहको उक्त किता शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले शेयरकाे न्यूनतम प्रति कित्ता मुल्य २४५ रुपैयाँ तोकेको छ । उक्त शेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति कम्पनी, संघ, संस्थाहरूले आवेदन पेश गर्न सक्नेछन् । जसका लागि चैत्र १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने समयावधि ताेकिएकाे छ ।
प्रतिक्रिया