काठमाडौं– नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने ५ अर्ब रुपैयाँको, १८२ दिने ४ अर्ब ३० करोड रुपैयाँको र ३६४ दिने ९ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्ने भएकाे हाे ।
यी ट्रेजरी क्रमशः २०८१ वैशाख ४ गते, २०८१ जेठ असोज १ गते र २०८१ चैत ४ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल चैत ६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि (साेमबार)चैत ५ गते दिउँसो ३ बजे हुनेछ।
प्रतिक्रिया