बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिइँदै

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिइँदै


काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनीजग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिने भएको छ ।

गृहमन्त्री रवि लामिछानेले उक्त प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन सीआईबीलाई निर्देशन दिएका हुन् ।

सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि १८ माघमा अरुण कुमार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो ।