काठमाडौं– आज (शुक्रबार) सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
योसँगै तत्कालका लागि लघुवित्त पीडितहरुको आन्दोलन रोकिएको छ। पछिल्लो समय १ महिनादेखि सडक आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरुको समस्या समाधानलाई नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले प्राथमिकतामा राखेको देखिएको छ । गत फागुन २३ गते अर्थमन्त्रीमा नियुक्त भएका पुनले पदभार सम्हालेकै दिन लघुवित्त पीडितहरुको समस्या समाधानमा पहल गर्ने बताएका थिए ।
पदभार सम्हाँल्दै अर्थमन्त्री पुनले भनेका थिए ‘ लघुवित्त क्षेत्रमा केही समस्याहरु छ’, लघुवित्त क्षेत्रको समस्या पनि चाडै हल गरिन्छ । त्यसमा लघुवित्त प्रभावितहरु आन्दोलन र केही गुनासा पनि गरिरहेका छन्।’ साथै पुनले भनेका थिए, लघुवित्तको समस्या राज्यको दायित्व हो, नियामक निकाहरुले अर्थ मन्त्रालयले उचित कदम लिन्छ, ‘त्यसमा आश्वस्त हुन सम्बन्धित व्यक्तिलाई पनि म अनुरोध गर्छु ।’
मन्त्री नियुक्त भएकै दिनबाट उनले लघुवित्त पीडितकाे समस्या समाधानका लागि पहल, निर्देशन र समन्वय गर्दै आएका थिए ।
यस्तो छ सरकार र लघुवित्त पीडितबीच भएको ६ बुँदे सहमति
प्रतिक्रिया