यस्तो छ सरकार र लघुवित्त पीडितबीच भएको ६ बुँदे सहमति

यस्तो छ सरकार र लघुवित्त पीडितबीच भएको ६ बुँदे सहमति


काठमाडौं– सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा वार्ता समिति गठन गरिएको थियो । गठित वार्ता समिति र लघुवित्त पीडितहरुसँग बिहीबार साँझ र आज भएकाे वार्ताबाट ६ बुँदे सहमति भएको हो ।