हवाई जहाजका पाटपुर्जा भित्र्याउँदा भन्सार जाँजपासमा सहजता ल्याउन उड्डयन र अर्थ मन्त्रालयमा पहल

हवाई जहाजका पाटपुर्जा भित्र्याउँदा भन्सार जाँजपासमा सहजता ल्याउन उड्डयन र अर्थ मन्त्रालयमा पहल


काठमाडौं– हवाई जहाजका पाटपुर्जा भित्र्याउँदा भन्सार जाँजपासमा सहजता ल्याउन उड्डयन र अर्थ मन्त्रालयमा पहल गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आएर रोकिएका हवाई जहाजका पाटपुर्जा जाँचपास गरेर सम्बन्धित कम्पनीलाई दिने विषयमा उड्डयन मन्त्री हित बहादुर तामाङ र अर्थमन्त्री बर्षमान पुनको ध्यानाकर्षण गरिएको हो ।

हवाई उद्योगको एक मात्र प्रतिनीधीमुलक संस्था नेपाल वायुसेवा सञ्चालकसँगका अध्यक्ष मनोज काकीका अनुसार जहाजका पाटपुर्जा डेढ महिनादेखि भन्सारमै रोकिएका कारण आन्तरिक उडानका ७ वटा वायुयानले आवश्यक पाटपुर्जा पाउन सकेका छैनन् ।

यसका साथै अति आवश्यकीय सेवामा प्रयोग गरिने ती पाटपुर्जाका कारण विमानहरु ग्राउण्डेड भएको वायुसेवा सञ्चालक संघको भनाइ छ । त्यसका कारण नेपालको पर्यटकीय क्षेत्र पनि प्रभावित बनिरहेको जनाउँदै यस विषयमा सरकार गम्भिर हुनुपर्ने अध्यक्ष कार्कीको भनाइ छ । भन्सारले पाटपुर्जामा भन्सार शुल्क बढाएका कारण सामान रोकिएको कार्कीले बताए ।